२१ वर्षीय बेहुला, ५२ वर्षीया बेहुली : आमा उमेरको महिलासँग बिहे गरेको भन्दै आक्रोश

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा चैत २९ गते :

विवाह हर कसैको जीवनका लागि एक विशेष कुरा हो । यतिबेला विवाहको मौसम भएका कारण धेरै भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन् ।

यसबीच केही त निकै हास्यास्पद हुन्छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यतिबेला फरक उदाहरण दिने खालका विवाह देख्ने गरेका छन् । भिडियोले सबैलाई सोच्न बाध्यसम्म पार्दछ ।

विवाहको एउटा रोचक भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदैछ, जसलाई देखेर मानिसहरु पत्याउन सकिरहेका छैनन् । यो विवाह अहिले चर्चाको विषय बनेको छ । भन्छन्, विवाहका लागि प्रेम र सम्मान धेरै महत्वपूर्ण हुन्छ ।

विवाह एउटा यस्तो ठूलो निर्णय हो, जसले जीवनभर तपाईंलाई असर गर्दछ । त्यसैले बिहेको निर्णय निकै सावधानीपूर्वक गर्नुपर्छ भन्ने विश्वास गरिन्छ । तर, मन मिल्यो भने उमेर, जाति, रूप र भुगोलको कुनै असर रहँदैन् । आज हामी तपाईंलाई एकदमै फरक बिहे देखाउने छौं ।

एक २१ वर्षीय केटाले ५२ वर्षीया महिलासँग विवाह गरेका छन् । भाइरल भिडियोमा केटाले मैले बिहे गरे भनिरहेका छन् । मायाको कुनै उमेर हुँदैन् । उनका अनुसार मान्छेको मन हेरिन्छ, मन राम्रो भए सबै राम्रो हुन्छ । अर्कोतिर ५२ वर्षीया बेहुलीले भनिरहेकी छिन्, ‘मलाई उनीमाथि पूरा विश्वास छ । मैले उनलाई ३ वर्ष देखेको छु ।’

यो भिडियोमा मानिसहरुले धेरै रमाइला प्रतिकृयाहरु दिएका छन् । एकजनाले लेखेका छन्, ‘आमा उमेरको महिलासँग विवाह गर्न लाज लाग्दैन ?’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘महिलाहरू अब पुरुष बराबर भए । जब पुरुषले छोरी उमेरकी केटीसँग बिहे गर्न सक्छ भने महिलाले किन छोरा उमेरको केटासँग बिहे गर्न सक्दिँनन् ? यो कलियुगमा अहिले सबै जायज छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ