नेपाल खेलकुद महासंघको नगर समिति गठन

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा चैत २४ गते:

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ जीतपुरसिमरा नगर समितिको दोस्रो नगर अधिवेशन शुक्रवार सम्पन्न भएको छ ।

महासंघका केन्द्रीय सचिव शिवजी गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सोमलाल बम्जनको नेतृत्वमा ३१ सदस्यीय नगर समिति चयन गरेको छ ।

सर्वसम्मत चयन गरिएको समितिको उपाध्यक्षमा दीपेन्द्र साह, सचिवमा हिमालचन्द्र अधिकारी, उपसचिवमा मनोज पन्त र सन्तोष गिरी, कोषाध्यक्षमा उमाकुमारी चौधरी रहेका छन्  ।

यसैगरी समितिको सदस्यमा समीर आले, नकुल ढुंगेल, धर्मेन्द्र मुखिया, श्यामसुन्दर मण्डल, बोधराज थपलिया, निशान्त रानामगर, उमाशंकर चौधरी, विकास तामाङ , सुवास सुनुवार , कमरूल होदा मन्सुरी, अब्दुल अन्सारी, बिक्की पुलामी मगरलगायत चयन भएका छन्  ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य अमृतलाल श्रेष्ठ, नेपाल खेलकुद महासंघ मधेस प्रदेश कमिटी सदस्यद्वय अनिलकुमार पाण्डे, सानु पटेल, नेकपा एमाले नगर सचिव रत्न उप्रेती, अनेरास्ववियु केन्द्रीय सदस्य लक्ष्मी तिमिल्सिना, राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश सदस्य ईश्वर थपलिया, युवा संघ नेपाल नगर अध्यक्ष महमद आरिफ हुसेन लगायतको उपस्थिति रहेको थियो ।

महासंघका जिल्ला अध्यक्ष मोहन लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जनसंगठन नगर समन्वय संयन्त्रका प्रमुख त्रिलोक बिक्रम शाहले सहजीकरण गरेका थिए ।

अधिवेशनले सोनु क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । समितिको सदस्यमा जयकिशोर राउत, गणेश कोईराला, बिशाल घिमिरेलगायत रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ