वडा अध्यक्ष कार्की द्वारा सुत्केरी महिलालाई अण्डा वितरण

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा चैत २३ गते:

 

वडा कार्यालयले वडाभित्रका सुत्केरी महिलालाई सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक-एक क्यारेट अण्डा वितरण गरिएको वडाध्यक्ष तारा बहादुर कार्की क्षेत्रीले जानकारी दिए।

‘अण्डा वितरण अभियानले वडाभित्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गर्न उत्प्रेरणा जाग्नुका साथै स्वास्थ्य र पोषणसम्बन्धी सचेतना जगाउन सहज हुन्छ,’ उनले भने, ‘नियमित स्वास्थ्यचौकीमा आएर स्वास्थ्य जाँच गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य तथा पोषणस्थितिमा सुधार आउने विश्वास लिएका छौं वडा अध्यक्ष कार्कीले भने ।’गर्भवती तथा जन्मिने शिशुको पोषणस्थितिमा सुधार ल्याउनका कार्यक्रम प्रभावकारी रहेको र वडाले आउदो दिनमा वडा भित्र रहेका सुत्केरी महिलाहरुको लागि अण्डा लगाएत अन्य पौष्टिक खानेकुरा उपलब्ध गराए झन् प्रभावकारी हुने सुत्केरी महिलाहरुले बताएका छन् । ‘गर्भवती महिलालाई ‘प्रोटोकल’ अनुसार गर्भ जाँच गर्न आउँदा अण्डा वितरण गर्ने थालनी वडाले गरेको छ। ‘गर्भ जाँच तथा संस्थागत सुत्केरी गराउने महिलाको सङ्ख्यामा वृद्धि हुने र दुई वर्षसम्मका बच्चाको वृद्धि अनुगमनमा उल्लेखनीय सुधार गर्नमा सघाउ पुग्ने छ।’
वडा अध्यक्ष कार्कीले ‘पोषणलाई ध्यानमा राख्दै आगामी दिनमा घरमै उत्पादन भएका सागपात तथा पशुपक्षीजन्य खाद्यपदार्थ उत्पादनतर्फ जोड दिनु जरुरी छ,’ उनले भने, ‘आफ्नै घरमा उब्जाउन तथा उत्पादन गर्न सकेको खण्डमा दीर्घकालीन फाईदा पुग्न सक्ने भएकाले अब यतातिर पनि ध्यान दिनु आवश्यक छ।’

अभियानले गर्भवतीले नियमित स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने बानीको विकास विश्वास राखिएको छ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ ले बिगत केहि दिन देखि आफ्नो वडाको जनताको लागि बिभिन्न किसिमको प्याकेज ल्याएर वडाको जनताहरुलाई हर्षित पार्दै आएको छ ।’यो भन्दा पहिला वडा न ३ ले किसानको लागि धानको बिउँ,घासको बिउँ,तरकारीको बिउँ उपलब्ध गराएर वडाको जनतालाई कृषि तर्फ उनमुख गरेको थियो भने बिगत १ महिना देखि स्वास्थ्य क्षेत्रलाई मजबूत बनाउनको लागि नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्नु लगाएत नि:शुल्क औषधि समेत बितरण गर्दै आईरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ