स्पर्श खबर जितपुर चैत २२ गते:
ओलीले मधेसमा हुलाकी राजमार्ग कसले बनायो भन्दै प्रश्न समेत गरे । ‘मधेसमा हुलाकी राजमार्ग कसले बनायो ? मधेसका मसिहा त धेरै देखिए तर मधेसका कुनै पनि मसिहाले मधेसका जनता ठग्ने बाहेक केही गरेनन्’, ओलीले भने, ‘बनाउन त एमालेले बनायो । एमालेको सरकार भएर हुलाकी राजमार्ग बनेको हो ।
उनले जसपाका अध्यक्ष उपेन्द्र यादव मोरङ, सुनसरी, सप्तरी हुँदै सिधा जनता देखेर बारा आएको बताए । ‘उहाँले जितेर के गर्नुहुन्छ ? मन्त्री खानुहोला । उहाँलाई कांग्रेस र माओवादीले छाडेका बेला एमालेले साथमा लिएर हिँड्यो । माथि पुगिसकेपछि उहाँको भूमिका त बेग्लाबेग्लै हुँदै गयो’, ओलीले यादवप्रति कटाक्ष गर्दै भने, ‘दिउँसो रुद्राक्षको माला जपेको छ, बेलुका बेलुका भुत्ल्याउनु पनि परेन जिउँदै…त्यो खालको भूमिका पनि देखियो । कुरा हामीसँग राम्रो गर्नुहुन्छ, षड्यन्त्र अन्त गएर गर्नुहुन्छ । अहिले देश लुट्न बनेको दश दलीय गठबन्धनको एक सदस्य हुनुहुन्छ उहाँ ।’
अध्यक्ष ओलीले सबल र बलियो राष्ट्रिय शक्ति निर्माणमा एमालेलाई साथ दिन बारा २ का मतदातालाई आग्रह गर्दै एमाले आउँदा सेल्फी खिच्न नभई बाटो बनाउन, घर बनाउन र सिँचाइ गर्न आउने बताए ।
मधेसका मसिहाले जनता ठग्नेबाहेक केही गरेनन् : अध्यक्ष केपी ओली

