स्पर्श खबर जितपुर चैत २१ गते:
जीतपुरमा २४ कुण्डीय गायत्री महायज्ञ सुरु, बिहान ७ बजे जय यात्रा
स्पर्श खबर जितपुर चैत २१ गते:
बुधबारबाट जीतपुरमा २४ कुण्डीय गायत्री महायज्ञ सुरु हुदैछ । बुधबार बिहान ७ बजे जलयात्रा निकालेर पुजा सुरु हुने छ ।
चैत्र २२ गते देखी चैत्र २५ गते सम्म जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित बंगालीबाबाको मठमा आयोजना हुने २४ कुण्डीय गायतत्री महायज्ञमा विषेश गायत्री तीर्थ शान्तिकुंज हरिद्धारबाट पुजारी आउने २४ कुण्डीय गायत्री महायज्ञ समिति का अध्यक्ष शिवजि साेनारले जानकारी दिनु भएको छ ।
हरिद्धारबाट आउने गुरुले गायत्री महायद्दमा पुजाअर्चना सहित प्रवचन र हवन गराउनु हुने छ । युग निमार्णको लागि विषेश गायत्रीमहायज्ञ अयोजना गराइएने गरिन्छ । युग निमार्ण सहति मानिसाहरुको विचार, खानपान, व्यहार कस्तो हुने पर्ने मनुस्यमा भएको नकरात्मक सोचलाई परिवर्तनका लागि यस कसिमका विषेश २४ कुण्डीय गायत्री महायज्ञ जस्ता यज्ञहरु आयोजना हुने गरेको बताईन्छ ।