स्पर्श खबर जितपुर बारा चैत २० गते: ट्रायल पास भएर वा नविकरण गर्न दिएर स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका सम्पूर्ण ब्यक्तिले आफ्नो लाइसेन्स प्रिन्ट भए वा नभएको मोवाइल फोनबाटै थाहा पाउने भएका छन् ।यातायात ब्यवस्था विभागले मोवाइलको म्यासेजबाट नै उक्त जानकारी लिन पाउने ब्यवस्था मिलाएको छ । त्यसका लागि LC स्पेश एप्लिकेन्ट आइडी टाइपगरी ३१००३ मा पठाउनु पर्नेछ । त्यसपछि तपाईको लाइसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउने छ ।साथै, विभागले सवारी चालक अनुमति पत्रको लिखित परिक्षा दिएर बसेकाको लागि त्यसको नतिजा थाहा पाउने ब्यवस्था समेत मोवाइल म्यासेजबाटै गरेको छ ।त्यसका लागि लिखित परीक्षा दिएका व्यक्तिले WT स्पेश एप्लीकेन्ट आइडी टाइपगरी ३१००३ मा एसएमएस गर्नु पर्नेछ । एसएमएस पठाउना साथ उत्तीर्ण वा फेल जे भएको छ त्यसको म्यासेज सम्बन्धित ब्यक्तिले पाउने छन् ।
लाइसेन्स कुरेर बसिरहनु भएको छ ? घरमै बसेर यसरी थाहा पाउनुस् बने–नबनेको

