फिल्म ‘आँधी तुफान’ आयो युटुवमा

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा चैत २० गते:

मौनता श्रेष्ठको लेखन तथा निर्माणमा बनेको फिल्म ‘आँधी तुफान’ युटुवमा आएको छ। गत माघ २७ गते हलमा रिलिज भएको फिल्म युटुवमा आएको हो।

चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि निर्माण भएको फिल्ममा संजय खतिवडा, सञ्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवी गिरी, पुस्कर राउत, विन्दिया ठकुरी, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, रुपा केसी, ऋचा थापा, चक्र राई, कनिज कोइराला, लगायतको अभिनय छ ।

मदन घिमिरे निर्देशित फिल्ममा छायांकन रामशरण उप्रती, नृत्य कमल राई र अभि वाग्ले, संगीत सुरेश अधिकारी र विक्रम थापा, शब्द रचना हरी उपे्रती र दीपेन्द्र खड्काको रहेको छ भने विनुसा राई र अर्जुन लिम्बुको स्वर रहेको छ । प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ