सिमरा रंगशाला निर्माणमा सक्दो सहयोग गर्ने उपराष्ट्रपतिको प्रतिबद्धता

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा चैत १९ गते:

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सिमरा रंगशाला निर्माणमा आफ्नो तर्फबाट सहयोग हुने बताउनुभएको छ । शनिबार जगदम्बा १३ औँ जीतपुर सिमरा गोल्डकपको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले निर्माणको क्रममा रहेको उक्त रंगशालाको विकासमा आफ्नो तर्फबाट सहयोग गर्ने बताउनुभएको हो ।

1680362825807
हाल सम्म १३ औँ संस्करणको गोल्डकप गरिसकेको सिमरा रंगशाला निर्माणाधिन अवस्थामा रहेको छ । जीतपुर सिमरा गोल्डकप मधेश प्रदेशकै महत्वपूर्ण प्रतियोगिता भएको बताउँदै यादवले सुरुमा सिमरामा निर्मल भट्ट क्षेत्रीको स्मृतिमा २०५८ मा पहिलो पटक सिमरामा फुटबलको गोल्डकपको आयेजानाको सुरुवात गरिएको बताउनुभयो । उहाँले छोटो समयमा नव जनजागृति युवा क्लबले जीतपुर सिमरा गोल्डकपको नाम राखी खेल निरन्तर सञ्चालन गरेकोमा खुसी समेत व्यक्त गर्नुभयो ।

1680363062760
कार्यक्रममा संविधान सभा सदस्य तथा आयोजक क्लबन व जन जागृतिका संरक्षक शोभाकर पराजुली, जगदम्बा स्टिलका भाइस प्रेसिडेन्ट कृष्ण दत्त भट्ट, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ