काइली, सेलिनालाई पछि पार्दै प्रियंकाको ‘एनोमली’ बन्यो दोस्रो धनी सेलिब्रेटी ब्यूटी ब्रान्ड

spot_img
spot_img

स्पर्श खबर जितपुर खबर चैत १७ गते:

हलिउड तथा बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनयसँगै व्यवसायमा पनि सक्रिय छिन्।

हालै युकेस्थित सौन्दय तुलना मञ्चले जारी गरेको एक रिपोर्टअनुसार प्रियंकाको हेयर केयर ब्रान्ड ‘एनोमली’ २०२३ को सबैभन्दा धनी सेलिब्रटी ब्यूटी ब्रान्ड सूचीमा समावेश भएको छ।

मञ्चले सौन्दर्य ब्रान्डले बुझाएको राजस्वको आधारमा उक्त सूची तयार पारेको हो।

यस सूचीमा रिहानाको कस्मेटिक ब्रान्डपछि प्रियंकाको हेयर केयर ब्रान्ड छ। रिहानाको कस्मेटिक ब्रान्ड ‘रिहाना फेन्टी ब्यूटी’ ४७७. २ मिलियन पाउण्डसहित पहिलो स्थानमा छ।

यसैगरी प्रियंका चोपडाको हेयर केयर ब्रान्डको ४२९.९ मिलियन पाउण्डसहित दोस्रो स्थानमा छ भने काइली जेनरको कस्मेटिक ब्रान्ड तेस्रो स्थानमा छ। काइलीको ब्रान्डले ३०१.४ मिलियन पाउण्ड राजस्व बुझाउँछ।

एरियाना ग्रान्डेको ब्यूटी ब्रान्ड ७०.३ मिलियन पाउण्डको साथमा चौथो नम्बरमा छ।

त्यस्तै सेलिना गोमेजको रेयर ब्यूटी ५०.२ मिलियन पाउण्ड राजस्वका साथ पाँचौ स्थान हासिल गरेको छ।

प्रियंकाले सन् २०२२ मा आफ्नो हेयर केयर ब्रान्ड सुरू गरेकी हुन्।

प्रियंका स्पाइ वेब सिरिज ‘सिटाडेल’ प्रदर्शनको पखाईमा छिन्। रुसो ब्रदर्सले निर्देशन गरेको सिरिज अमेजन प्राइममा ६ एपिसोड प्रदर्शन हुनेछ। सिरिजको पहिलो दुई एपिसोड २८ अप्रिलमा सार्वजनिक गरिनेछ भने २६ मेदेखि हरेक हप्ता नयाँ एपिसोड प्रदर्शन गरिनेछ।

वेब सिरिजमा प्रियंकासँगै रिचर्ड म्याडेन, स्टेनली टुकी, लेस्ली म्यानविल, ओसी इखिलेलगायत कलाकारको अभिनय छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ