यस्तो छ आजको मौसम पूर्वानुमान

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा चैत १६ गते:

हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ।

 

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।उता राति भने कर्णाली र सुदूरपश्चिमसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।देशका पहाडी भू-भागका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ