कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप : वीरगन्ज युनाईटेड क्लब फाईनलमा प्रवेश
स्पर्श खबर जितपुर बारा चैत १ गते:
कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को पहिलो सेमिफाईनल खेलमा वीरगन्ज युनाईटेड क्लब वीरगन्ज जित निकाल्दै फाईनलमा प्रवेश गरेको छ ।
परवानीपुर खेल मैदानमा आयोजक परवानीपुर युथ क्लब परवानीपुरलाई हराउँदै वीरगन्ज युनाईटेड क्लब वीरगन्ज फाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगिता अन्तर्गत आज भएको खेलमा परवानीपुर युथ क्लबलाई १–३ गोल अन्तरले पराजित गर्दै वीरगन्ज युनाईटेड फाईनलमा प्रवेश गरेको आयोजक क्लबका उपाध्यक्ष रवि रामले जानकारी दिए ।
खेलको म्यान अफ दि म्याच परवानीपुर युथ क्लब परवानीपुरका जर्सी नम्बर ८ का खेलाडी मुन्ना चौधरीले पाएका थिए ।
उनलाई आयोजक क्लबका पदाधिकारी र सदस्यहरुले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए । ९० मिनेटको निर्धारित समयको पहिलो हाफ सम्ममा दुवै टिमले विना गोलको बराबरी खेलेका थिए ।
सुरु देखि नै रोमान्चक भएको खेलमा गोल हुन सकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । दोस्रो सेमिफाईनल खेलमा गोरखा फुटबल क्लब सर्लाही र जनकपुर स्पोर्ट क्लब जनकपुर भिड्ने छन ।
प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी थिए ।प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।
कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप : वीरगन्ज युनाईटेड क्लब फाईनलमा प्रवेश

