नेशनल मेडिकल कलेजले सञ्चालनमा ल्यायो,डिएम नियोनेटोलोजी ओपिडी सेवा

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा फागुन १८ गते:

नेशनल मेडिकल कलेज वीरगंजले नवजात शिशुहरुको लागी विषेश सेवा दिने उदेश्यले डिएम नियोनेटोलोजी ओपिडी सेवा सञ्चालनमा ल्याएको छ ।

एनआईसियुको विस्तारित सेवाको रुपमा मधेश प्रदेशमै पहिलो नेशनल मेडिकल कलेजले डिएम नियोनेटोलोजी ओपिडी सेवा सञ्चालनमा ल्याइएको हो । उक्त ओपिडी सेवाको आज एक कार्यक्रमका विच नेशनल मेडिकल कलेजका एमडी बसरुदिन अन्सारीले रिवन काटेर उद्धघाटन गर्नु भयो ।

उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमडी अन्सारीले मधेश प्रदेश मै वीरगंजमा पहिलो पटक नवजात शिशुहरुको लागी आवश्यक पर्ने विषेश सेवा दिने उदेश्यले विषेशज्ञ डाक्टरको निगरानीमा रहने गरी डिएम नियोनेटोलोजी ओपिडी सेवा सञ्चालनमा ल्याएको बताए ।

कार्यक्रममा डिएम नियोनेटोलोजी ओपिडीका प्रमुख डाक्टर धिरेन्द्र प्रसाद यादवले समय भन्दा अगावै अथवा समय भन्दा ढिलो तथा जन्मेको एक महिना सम्मको बच्चाहरुको लागी स्पेशल केयर गर्न लागी यस ओपीडी सेवाले ठुलो मद्यत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेकपा एमालेका प्रतिनिधी सभा सदस्य अच्युत मैनालीले नेशनल मेडिकल कलेजले समय समयमा थप स्तरीय सेवा विस्तार गर्दै लगेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा अस्पतालकी निर्देशक डाक्टर ईश्रत जहां अन्सारी, एडमिशन डाईरेक्टर डाक्टर आविद हुशैन अंसारी,अस्पतालका प्रध्यापक डाक्टर केएन सिंह,अस्पतालका प्रव्क्ता सेराज अहमद लगायतको उपस्थीती रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ