स्पर्श खबर जितपुर बारा फागुन ३ गते:
मौफसलकै प्रतिष्ठित प्रतियोगिता जीतपुरसिमरा गोल्डकपको तयारी शुरु भएको छ । आयोजक नव जनजागृती युवा क्लब सिमराले यसबर्षको लागी १३औ जीतपुरसिमरा गोल्डकपको तयारी शुरु गरेको हो ।
आयोजक नव जनजागृती युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले सिमरा रंगशालामा चैत्र ९ गतेदेखि १८ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने गरी आन्तरीक तयारी शुरु गरिएको जानकारी दिनुभयो । एन्फाले आफुहरुलाई चैत्र ९ गतेदेखि प्रतियोगिता गर्न अनुमती दिएपछि आफु आन्तरीक तयारीमा लागेको अध्यक्ष लामाले बताउनुभयो ।
लामाका अनुसार अहिले फिल्ड मर्मतको काम धमाधम भईरहेको छ । ‘हामीले १३औ सशंकरणको तयारी शुरु गरेका छौ, अहिले फिल्ड मर्मतको काम गरिरहेका छौ’ उहाले भन्नुभयो । ‘
अहिले हाम्रो मुख्य समस्या भनेकै रंगशालाको हो, किनभने यसबर्ष हामिले फिल्ड सारेका छौ, त्यसबाहेक दातासंग सहकार्य समन्वय गर्ने काम भईरहेको छ’ उहाले भन्नुभयो । अध्यक्ष लामाले १३औ सशंकरणको प्रतियोगितामा टिमहरुमा केहि भिन्नता आउन सक्ने बताउनुभयो । यसबर्षपनि आयोजकले रातीको समयमा खेल सञ्चालन गर्ने तयारी गरेको छ ।