सहिद स्मारक बिधालयद्वारा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सरु १६ प्रतियोगितामा ४५० जनाको सहभागीता
स्पर्श खबर जितपुर बारा फागुन ३ गते:
सहिद स्मारक बिधालयद्वारा आयोजित खेलकुद तथा सांस्कृतिक कार्यक्रम आजदेखि सुरु गरेको छ । फागुन ३ गतेदेखि ५ गते सम्म चल्ने छ आउटडोर तथा इन्डोर खेलसहित विभिन्न सांस्कृतिक कार्यक्रम बुधबार देखि सुरु भएको हो ।
बिधालयका संस्थापक तथा प्रिन्सिपल मालती कुमालकाे अध्यक्षतामा सुरु भएको हो । बिधालयले हरेक वर्ष फागुन महिनाको पहिलो हप्तादेखि आयोजना गर्ने विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमका बिजयी हुने खेलाडीहरुलाइ समारोहका बिच पुरस्कृत गरिने छ ।
क्रिकेट, फुटबल, बास्केट बल, कबड्डी, चित्रकला, वक्तृत्वकला, गायन, नृत्य लगायतका १६ वटा प्रतियोगितामा ४ सय ५० जना विद्यार्थीको प्रत्यक्ष सहभागिता रहेको थियो भने प्रविणता प्रमाण पत्र तहमा अध्ययनरत विद्यार्थीदेखि अध्ययनरत ४ सय ५० विद्यार्थीको अप्रत्यक्ष रुपमा सहभागिता रहेको थियो ।
विद्यार्थीहरुको पढाईसँगै सर्वाङ्गीन विकासका लागि टेवा पुग्ने अभिप्रायले हरेक वर्ष अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागि बनाउने गरिएको स्कुलका प्रिन्सिपल मालती कुमालले बताए । संस्थापक सदस्य दुर्गा रिजाल, सह प्रधानध्यपक नवीन श्रेष्ठ , स्कुल सयाेजक जय नारायण यादव , शिक्षाका कृष्ण साह, परिक्षा चाैधरी ,याेजन सिङजा पति,कलिका ढकाल , सरिता मुखिया ,रुपा थापा मगर ,मामत सहनी ,
अर्चान पुरी,केशरी थापा प्रेममाया थापा अजाली चाैधरी,पुनिय माया थापा,लगायत उपस्थिति रहेको थियोे ।