स्पर्श खबर जितपुर बारा माघ २८ गते:प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको कार्याविधि सात दिन थप गरिएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले समितिको कार्याविधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।समितिको म्याद शुक्रबार नै सकिएको थियो। त्यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबुल गरेका थिए भने अनुगमन तथा मूल्यांकन विधेयक २०७६, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र खाद्य स्वच्छता गुणस्तर विधेयक २०७७ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टबुल गरिएको थियो। प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते बोलाइएको छ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद ७ दिन थप

