भारतको रक्सौलमा नेपाल रेलवेको २० बिगाहा जग्गा अलपत्र

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा माघ २५ गते:

। नेपालको प्रमुख भन्सार नाका वीरगन्ज अनि भारतसँग सोझै रेलवे सम्पर्क रहेको एक मात्र सुक्खा बन्दरगाह रहेको पर्सा जिल्लाको सीमावर्ती भारतीय बजार रक्सौलमा रहेको रक्सौल रेलवे स्टेसनमा नेपाल रेलवेको करिब २० बिगाहा जग्गा बषौदेखि अलपत्र अवस्थामा रहेको छ । आयात निर्यात सहजताको लागि तत्कालीन नेपाल रेलवे कम्पनी लिमिटेडले भारत सरकारसँग खरिद गरी आफ्नो स्वामित्वमा ल्याएको करिब २० बिगाहा जग्गा नेपाल रेलवे कम्पनी र नेपाल सरकारको बेवास्ता कारण अलपत्र अवस्थामा पुगेको हो । जग्गामध्ये केही जग्गा भारतीय नागरिकले अतिक्रमण गरी घर टहरा पनि बनाई सकेको र भवन बेवारिसे अवस्थामा रहेको , बाँकी जग्गा भारतीय रेलवे आफ्नो अनुकूल प्रयोग गरिरहेको, नेपाल कै जग्गामा सामग्री राखेबापत भारतीयलाई भाडा समेत तिर्नु परी रहेको गुनासो नेपाली व्यवसायीहरूको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आफू पर्सा जिल्लामा सरुवा भएको आएको भर्खर ४-५ दिन भएकाले रक्सौलमा रहेको जग्गाको बारेमा कुनै पनि जानकारी बताउनु भयो । प्रजिअ रेग्मी अघि पर्सामा प्रमुख जिल्ला अधिकारी रहनु भएका उमेश कुमार ढकालले रक्सौलमा रहेको जग्गाको बारेमा आफूले पनि सुनेको तर कति छ भन्ने ठ्याक्कै जानकारी नभएको जनाउनु भयो । उहाँले भन्नुभयो पर्सा जिल्लामा रहेका नापी-मालपोतमा त्यसको लागत हुँदो रहेनछ मैले परराष्ट्रका साथीहरुलाई जानकारी गराइदिन आग्रह गरेको थियो तर हालसम्म यकिन विवरण पाउन सकेको छैन । उद्योगी व्यापारी साथीहरूले भारतीय पक्षले रक्सौलमा कोइला र क्लीकंर जम्मा गर्ने र वीरगन्जतर्फ ढुवानी गर्ने गरेकोमा स्थानीयले विरोध गरेपछि नेपाल रेल्वेको जग्गा छुट्टाएर त्यसैमा नेपाली व्यवसायीहरूले आफ्नो सामग्री राख्न पाउनु पर्ने त्यसको लागि पहल गर्न आग्रह गरेपछि आफूले रक्सौलमा नेपाल रेलवे कम्पनी लिमिटेडको जग्गा रहेको जानकारी पाएको पर्साका पूर्व प्रतिअ ढकालले स्पष्ट पार्नुभयो । वीरगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले रक्सौलमा नेपालको जग्गा रहेको तर त्यस जग्गा अतिक्रमणमा परेको बताउनु भयो । उक्त जग्गा नेपाल पक्षले आफूले प्रयोग पनि नगरेको र नेपाली व्यवसायीहरूलाई प्रयोग गर्न पाउने व्यवस्था पनि गर्न नसकेको उहाँले गुनासो गर्नु भयो ।कोइलाको कारोबार गर्ने वीरगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपाल नेपाल सरकारले भएको जग्गा पनि प्रयोग गर्न नसकेको बताउनुहुन्छ । नेपाल रेलवे कम्पनी लिमिटेडको रक्सौलमा रहेको ट्रक तथा कन्टेनर सेवाको भवन अहिले पनि रहेको बताउँदै उहाँले रक्सौलको रेलवे यार्डमा गए उक्त जीर्ण भवन अहिले पनि जो कोहीले देख्न पाउने जनाउनु भयो । वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रदीप केरियाले नेपाल रेलवेको २० बिगाहा जग्गा रक्सौलमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो मेरो जानकारी अनुसार नेपाल सरकारले ९९ वर्षका लागि भारतसँग २० बिगाहा जग्गा लिजमा लिएको थियो ।सभार बिरगंज सजाल । पहिले कसरी के प्रयोग भयो तर अहिले भने नेपाल रेलवे कम्पनी लिमिटेडको जीर्ण भवन त्यहाँ छ , जग्गामा कहीँ घर टहरा छन् । कहीँ भारतीय ठेकदारहरूले कब्जा गरी राखेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ