भैरहवाका दुई तेक्वान्दो खेलाडीलाई सांसद् बोहराले एकमहिनाको पारिश्रमिक दिने

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा माघ २० गते:

रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराले आफूले पाउने एक महिनाको पारिश्रमिक भैरहवाका दुईजना तेक्वान्दो खेलाडीलाई उपलब्ध गराउने भएका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का २३ वर्षिय आशुतोष बराल र २० वर्षिय अभिषेक बराललाई प्रतिनिधिसभा सांसद्, पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता बोहराले आफ्नो पारिश्रमिक (तलब) वापतको रकम उपलब्ध गराउने भएका हुन् ।

‘खेल क्षेत्रको विकासका लागि मेरो सदैव सहयोग रहनेछ, खेलाडीहरुको प्रोत्साहनका निम्ति केही न केही सहयोग पुगोस् भन्ने उद्देश्यले यो रकम उपलब्ध गराउँदैछु, ’सांसद् बोहराको भनाइलाई उद्वृत गर्दै स्वकीय सचिव धर्म बहादुर के.सी.ले भने ।
यसअघि पनि बोहराले पटकपटक खेलाडीहरुलाई प्रोत्साहन गर्न र खेल क्षेत्रको विकासका लागि सहयोग गरिसक्नुभएको राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । उपाध्यक्ष गुप्ताले भने, ‘विकासप्रेमी नेता बोहराले खेलाडीलाई प्रोत्साहन गर्न निरन्तर आफ्नोतर्फबाट सक्दो सहयोग गर्दै आउनुभएको छ, सोहीअनुरुप उहाँले पाउने एक महिनाको पारिश्रमिक भैरहवाका दुई जना खेलाडीलाई उपलब्ध गराउन लाग्नुभएको छ । ’

गत भदौमा मलेसियामा भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा आशुतोष र अभिषेकले नेपालको तर्फबाट सहभागी भइ स्वर्ण पदक जितेका थिए । आशुतोष र अभिषेक एकैघरका सहोदर दाजुभाइ हुन् ।

त्यस्तै गत जेठमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आशुतोषले रजत र अभिषेकले स्वर्ण पदक जितेका थिए । आशुतोष ब्याचलर इन इञ्जिनियरिङ (अन्तिम वर्ष) र अभिषेक ब्याचलर इन टेक्नोलोजी (दोस्रो वर्ष)मा अध्ययन गरिरहेको आमा अमृता बरालले जानकारी दिइन् । उनले भनिन्, ‘राज्यको तर्फबाट खेलाडीहरुलाई खासै सहयोग भएको छैन्, तैपनि दुवै छोराहरु निरन्तर खेल्दै आइरहेका छन् । ’ पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराको यो सहयोगबाट उनीहरुमा खेलप्रति थप उत्साह थप्ने भन्दै अमृताले खुसी व्यक्त गरिन् ।

आगामी फ्रेबअरी ५ तारिखदेखि दुबईमा हुन लागेको तेक्वान्दो प्रतियोगितामा सहभागी हुन आशुतोष र अभिषेक ३ तारिख त्यसतर्फ जाँदैछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ