रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनु हुँदैन,राहदानीको पनि अनुसन्धान हुनुपर्छ : महन्थ ठाकुर

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा माघ १६ गते:लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अहिलेको अवस्थामा गृहमन्त्री बनाउन नहुने बताएका छन् । लोसपा अध्यक्ष ठाकुरले लामिछानेलाई गृहमन्त्री नबनाउन सरकारसँग माग गरेका हुन् ।महोत्तरीको मटिहानी पुगेका ठाकुरले अन्नपूर्णसँग भने,‘उहाँको नागरिकताबारे मात्रै होइन्, पासपोर्टमाथि पनि कानुनी प्रश्न हो । सभार मिडिया ७ पाेष्पाट सपोर्टबारे अनुसन्धान बाँकी नै छ । ’ठाकुरले लामिछानेको राहदानी पनि अनुसन्धान गर्नुपर्ने जिकिर गरे । उनले भने,‘वास्तविकता त उहाँले आफै सोच्नु पर्ने हो। त्यो कामहरू गलत भएको छ कि छैन ? उहाँले सहि ठान्नु भएको कुरो कानुनी रुपमा सहि देखिएन ।’नागरिकता सन्दर्भमा सर्वोच्च अदालतले निर्णय गरेको र अब पासपोर्टको कुरोमा अनुसन्धान गर्ने बाटो खुलेको ठाकुरको भनाइ छ।सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी ठहर गरेपछि उनले प्रक्रिया पूरा गरेर पुन:नागरिकताको प्रमाणपत्र लिएका छन्। नागरिकता लिगलगत्तै सोमबार नै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन:चयन भएका छन्। लामिछानेमाथि नेपाल र अमेरिकाको राहदानी एकैपटक प्रयोग गरेको आरोप छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ