१ लाख २ हजारमै बजाज पल्सर एन २५० !

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा माघ १४ गते: हालै नेपाली बजारमा भित्रिएको बजाज पल्सर एन २५० एक लाख २२ हजार रूपैयाँ डाउन पेमेन्टमै पाइने भएको छ । बजाजले ल्याएको फाइनान्स स्कीम अन्तर्गत कम डाउन पेमन्टमै बजाज पल्सर एन २५० किन्न पाइने भएको हो ।बजाजले आधाको आधा डाउन डाउन पमेन्ट अन्तर्गत २५ प्रतिशत रकम बुझाएर मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको हो ।बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले ल्याएको यो स्कीममा ७ हजार रुपैयाँसम्म नगद छुटसमेत दिने जनाएको छ ।बजाजले ४ लाख ८९ हजार ९०० रुपैयाँ तोकेर विक्री सुरू गरेको छ । यो मोटरसाइकल २५ प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम २ वर्षमा चुक्ता गर्नु पर्ने कम्पनीले जनाएकाे छ ।यस्तो छ मोटरसाइकल।बजाज पल्सर एन २५० मा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८७५० आरपीएममा २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।उत्कृष्ट ब्रेकिङको लागि पल्सर एन २५० को फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ । यसमा डबल च्यानल एबीएसले यसलाई सुरक्षित बनाएको छ ।आरामदायी यात्राको लागि मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन र पछाडि निट्रोक मोनोसक दिएको छ । मोटरसाइकलमा दुबैतर्फ १७ इन्चको अलोय ह्वील छ ।युवा पुस्तामैत्री निर्माण गरिएको मोटरसाइकलको फ्रन्ट लुक्स निकै बोल्ड छ । मोटरसाइकलमा दिइएको मस्कुलर सेमी डिजिटल कन्सोलमा डिजिटल ट्रिप मिटर, स्पीडोमिटर, गियर इन्डिकेटर, फ्युल वार्निङ इन्डिकेटर, फयुल गज, क्लक, ट्रिप मिटर काउन्ट जस्ता फिचर रहेका छन् ।बजाजले पल्सर एन २५० मा वाइ फंग्सनल एलइडी प्रोजेक्टर हेडल्याम दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ