पर्सा प्रहरीले ट्रक र बलेरो गाडी राजश्व अनुसन्धान पथलैया बुझायो

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा माघ १२ गते:

जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजक भन्दा बढी मालसामान लिएर जादै गरेको दुईवटा गाडी नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट मेडिकल सामाग्री तथा हार्डवेयरको सामान लोड गरेर काठमाडौ जादै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले एउटा ट्रक र पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए ।

वीरगञ्ज वडा नं. १६ स्थित रेल्वे सडक खण्डबाट ना ३ ख ७७१३ नम्बरको ट्रक र विआर ०५ जिए ९०४२ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्दा बिलविजकमा भएको भन्दा बढी सामान देखिएकोले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक बुढाथोकीले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका ट्रकको मूल्य ५९ लाख १८ हजार र पिकअप गाडीमा भएको मेडिकल र हार्डवेयर सामान समेत अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ