स्पर्श खबर जितपुर बारा माघ १२ गते:कलैया उपमहानगरपालिकाको गौरवको योजना मध्ये एक नगर सभगृह (टाउन हल) को आज विधिवत रुपमा शिलान्यास भएको छ।
नगर प्रमुख विनोद साहको विशेष पहलमा उक्त सभागृहको टेण्डर भई आज शिलान्यास भएको हो।
मधेश प्रदेशका मुख्यमन्त्री माननीय सरोज कुमार यादवले सभागृहको शिलान्यास गरेका हुन।
कलैया उपमहानगरपालिकाले निर्माण गर्न लागेको सभागृह भवनको शिलान्यास गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले सभागृह भवनको शिलान्यास गरेका हुन् ।
कलैया उपमहानगरपालिकाको करिब चार करोड आठ लाखको लागतमा सभागृह निर्माण हुन लागेको हो । उक्त कार्यका लागि साहु कन्ट्रक्सनसंग सम्झौता भएको छ । २०८० जेठ सम्ममा सम्पन्न गर्ने गरी शिलान्यास गरिएको हो ।
सभागृहको शिलान्यास गर्दै मुख्यमन्त्री राउतले गुणस्तरिय काममा ध्यान दिन आग्रह गरे । उनले प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, प्रदेशसभा सदस्य महमद समिर, संविधान सभा सदस्य प्रमोद गुप्ता,पुर्व मन्त्री एवम् क्षेत्र नम्बर ४ का मनिनाय किसना श्रेष्ठ , पुर्व मानिनय रामबाबु यादव, पूर्वप्रदेश सभा सदस्य पारस साह, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, कलैया उपमहानगरपालिकाकी नगर उपप्रमुख रौशन परविन, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, प्रमुख प्रशासकीय अधिकृत नाथु साहलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम नगर प्रमुख विनोद साहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण नरोत्तम अधिकारीले गरेका थिए ।