स्पर्श खबर जितपुर बारा माघ ११ गते:
छिमेकी देश भारतको ढाका मेसिमा भईरहेको फूटबल प्रतियोगितामा नेपालको जीतपुर युवा क्लबले आफ्नो पहिलो जीत निकालेको छ ।
निर्धारित समयमा दुवै टिमले गोल गर्न नसके पछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा जीतपुर युवा क्लबले ढाकालाई हराउँदै विजय भएको छ ।मेच रेफ्रीले दुवै टीमलाई पेनाल्टी शूत आउट गर्न अनुमति दिए पछि जीतपुर युवा क्लबले ५ गोल गरेको थियो भने ढाका फूटबल क्लबले जम्मा ४ गोल गर्न सफल भए पछि जीतपुर युवा क्लब १ गोलले विजय भएको छ ।
जीतपुर युवा क्लब जिते संगै अब अर्को खेल शुक्रबार भारतको मुज्जफरपुर टिम संग खेल्ने भएको छ ।आज बिहान समाजसेवी मनोज साहले जीतपुर युवा क्लबको टिमलाई जीतको शुभकामना सहित नेपालको झण्डा ओढाएर बिदाई गरेको थियो । आज भएको खेलको बेस्ट खेलाडी जीतपुर युवा क्लबको किपर बिनाेद पासवान भएको छ ।