जितपुर फुटबल टाेलीलाई बिदाई

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा माघ ११ गते:

मित्र राष्ट्र भारतको ढाका मेसिमा भईरहेको फूटबल प्रतियोगितामा सहभागी हुने जीतपुर युवा क्लबको फूटबल टोलीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।

जीतपुर युवा क्लबको फूटबल टोलीलाई समाजसेवी मनोज कुमार साहले एक कार्यक्रमबीच उनीहरुलाई टिका लगाउदै राष्ट्रिय झण्डा प्रदान गरेर शुभकामना सहित बिदाई गरेका छन् ।

जीतपुर युवा कल्ब बाराले ढाकाको मेसिमा संचालन भएको फूटबल प्रतियोगितामा आज अपरान्ह ४ बजे मोतिहारी संग आफ्नो पहिलो खेल खेल्ने भएको छ ।बिनोद पासवानको नेतृत्वमा १६ सदस्यीय टोलि आज छिमेकी राष्ट्र भारतको ढाकामा पुग्ने छ ।

खेलाडीहरुलाई बिदाई गर्दै समाजसेवी मनोजकुमार साहले खेलकुदको विकासका लागि विभिन्न उमेर समूहको प्रतियोगिताको आवश्यकता रहेको भन्दै खेलाडीहरुलाई राष्ट्रको झण्डा उचाल्दै नेपालको नाम र शान राखेर प्रतियोगितामा विजयी हुन शुभकामना प्रदान गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ