जीतपुरसिमराले नगरस्तरीय राष्टपति रनिगं शिल्ड प्रतियोगिता एघार लाखौंको आयोजना गर्ने

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा माघ ६ गते:बारा जिल्लाकाे

जीतपुरसिमरा उपमहानगरपालिकाले मातहतका विद्यालयहरुमा स्थानीय तह स्तरीय राष्टपति रनिगं शिल्ड प्रतियोगिता आयोजनाका गर्ने भएको छ । उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको संयोजकत्वमा आज  वसेको प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले राष्टपति रनिगं शिल्ड प्रतियोगिता विभिन्न विद्यालयमा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले बजेट व्यवस्थापनका लागि संघीय सरकारको सशर्त अनुदान रकम एक लाख रुपियाँ र नगरको आन्तरिक स्रोतबाट १० लाख रुपियाँ गरी ११ लाख रुपियाँको लागतमा प्रतियोगिता सञ्चालन र व्यवस्थापन गर्ने निर्णय गरेको पालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख शिवजीप्रसाद साहले जानकारी दिनुभयो ।

1674230451838

त्यसैगरी बैठकले प्रतियोगितामा १८ वर्षभन्दा मुनीका कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई प्रतियोगितामा सहभागिता गराउने निर्णय गरेको छ ।भलिवल, कबड्डी, एथलेटिक्स( दौड, उफ्रने, फ्याक्ने, हाइजम्प लगंजम्प, सर्टफुट), मार्सल आर्टतर्फ (सितेरियो कराँते, तेक्वान्दो,) फुटबल, क्रिकेट खेल आयोजना गरिनेछ । खेलका लागि नेरा मावि फत्तेपुरले सचिवालयको जिम्मा पाएको  शिक्षा शाखा अधिकृत हरिश भटाले जानकारी दिनुभएको छ ।

प्रतियोगिता सञ्चालनका लागि लोटस एकेडेमी, एक्स सर्भिस मेन डुमरवाना, नेरा नमुना मावि बकुलिया, सिमरा रंगशाला, जनता मावि रजघट्टा, राष्ट्रिय विभूति शिक्षा सदन लगायतका विद्यालयको प्रांगण छनोट गरिएको  नेपाल सितोरियो कराते सधका प्रशिक्षाका सुनिल साहले बताए  ।त्यस्तै प्रतियोगिता सञ्चालन गर्न आवश्यक कार्यक्रम र वजेट प्रस्ताव सहितको खाका पेश गर्न प्राविधिक समितिसमेत गठन भएको नगरपालिकाले जनाएको छ ।

खेल तालिकाको मिति पछि तोकिने बताइएको छ ।बैठकमा उपप्रमुख भोला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोख्रेल, शिक्षा शाखा अधिकृत हरिस भट्ट, सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुख तथा प्रतिनिधि, खेल प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ