जीतपुरसिमरा उपमहानगरपालिकाले स्वास्थ्य र कृषी क्षेत्रतर्फ छनौट भएका प्राविधिक कर्मचारीलाई नियुक्तिपत्र प्रदान

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा माघ ४ गते:

जीतपुरसिमरा उपमहानगरपालिकाले स्वास्थ्य र कृषी क्षेत्रतर्फ छनौट भएका प्राविधिक कर्मचारीलाई बुधवार नियुक्तिपत्र प्रदान गरेको छ । उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले छनौट प्रक्रियामा सफल भएका कर्मचारीलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।

नियुक्तिपत्र पाएसंगै कर्मचारीले कार्यालयमा हाजिरी गरी काम सुरु गरेका छन् । उपमहानगरपालिकाले विभिन्न चरणमा गरी मेडिकल अधिकृत, स्टाफ नर्स, कृषी अधिकृत, पशु चिकित्सक र फार्मेसी सहायकका लागि कर्मचारी माग गरेको थियो ।

स्वास्थ्य र कृषी क्षेत्रतर्फको जनशक्ती थप गर्नका लागि करारमा कर्मचारी व्यवस्थापन कार्यविधि २०७५ को ५ बमोजिम गठित पदपूर्ति समितिको निर्णयअनुसार उपमहानगरपालिकाले प्राविधिक कर्मचारी माग गरेको थियो । उपमहानगरपालिकाले माग गरेबमोजिम आवेदन दिएकामध्ये ९ जना परिक्षार्थी लिखित र मौखिक परिक्षा उतिर्ण गर्दै कर्मचारीका लागि छनौट भएका थिए ।उपमहानगरपालिको प्राविधिक सेवातर्फ उतिर्ण हुनेमा कर्मचारीमा मेडिकल अधिकृत प्रशान्त वर्णवाल, प्रतीक कुमार, सुजल अधिकारी, स्टाफ नर्स सविना रेग्मी, तरानुम नेसा, राधिका सुब्बा, कृषी अधिकृत अनिस प्याकुरेल, पशु चिकित्सक सुवास झा र फार्मेसी सहायक अशोककुमार साह रहेका छन् ।

कर्मचारीलाई नियक्ति पत्र प्रदान गर्ने क्रममा उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख रामेश्वर बन्जारा, जीतपुरसिमरा १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, इन्जिनियर पुष्पा सिंहलगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ