पर्सा प्रहरीले बिलविजक बिनाका मालसमान बरामद

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा माघ २ गते:

पर्सा  नेपाल प्रहरीले लाखौं रुपैयाको मालसमान भसार छली भित्र्याएको आशंकामा श्री पाथिभरा  ट्रान्सपोर्टमा हिजो आइतबार छापामारी गरी उक्त ट्रान्सपोर्टलाई सिल गरेको छ ।

बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोलीले बिरगंज महानगरपालिका स्थित आदर्शनगरमा राजेश मल्लिकले संचालन गरेको श्री पाथिभरा ट्रान्सपोर्टमा छापामारी विभिन्न मालसमान नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिशाल मल्लको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले उक्त ट्रान्सपोर्टको गोदाममा चेकजांच गरी हेर्दा बिलविजक बिनाका कपडाका पोका तथा अन्य शंकास्पद बिलबिजक नभएका हार्डवेयर लगाएतका विभिन्न सरसमानहरु फेला परेको र उक्त ट्रान्सपोर्टलाई सिल गरि आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ