स्पर्श खबर जितपुर बारा माघ १ गते: काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाबारे विस्तृत र यथार्थ जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछाने काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन्। प्रधानमन्त्री र गृहमन्त्रीले विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएका हुन् निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएका छन्। विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन्। प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्न निर्देशन दिनका साथै आज १ः३० बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।
विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलमा

