रेमिट्यान्ससँगै डलर सञ्चितिमा सुधार

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा माघ १ गते:देशको अर्थतन्त्र सुधारोन्मुख स्थितिमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रका सूचकांक सकारात्मक देखाएको हो।केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति ७.३८ प्रतिशतमा कायम भएको छ। यस अवधिमा आयात २०.७ प्रतिशत कमी आए पनि निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ। यता विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा शोधनान्तरस्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा छ।केन्द्रीय बैंकका अनुसार मंसिर मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ र अमेरिकी डलरमा ९ अर्ब ८२ करोड  छ। संघीय सरकारको खर्च ४ खर्ब ३५ अर्ब २१ करोड र राजस्व परिचालन ३ खर्ब २६ अर्ब ८९ करोड रहेको तथ्यांकले देखाउँछ।वित्तीय क्षेत्रतर्फ विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको हो। पाँच महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.२ प्रतिशतले बढेको छ। निजी क्षेत्रमा प्रवाहित कर्जा मात्र १.६ प्रतिशतले वृद्धि भएको छ।वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.१ प्रतिशत छ। अघिल्लो वर्षको मंसिर महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत थियो। मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत  छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उपसमूहमा वस्तु तथा सेवाको भाउ गत वर्षको सोही अवधिभन्दा १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.०७ प्रतिशत र पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ।आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई ६ खर्ब ६४ अर्ब ७५ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९.५ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०.० प्रतिशत, २२.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, सुन, रासायनिक मल, हवाइजहाजका स्पेयर पार्टस् लगायतका वस्तुको आयात बढेको छ। सवारी साधन तथा स्पेयर पार्टस्, एमएस विलेट, चाँदी, औषधि, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात घटेको छ।निर्याततर्फ सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्पm सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ। पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २३.० प्रतिशतले वृद्धि भई ४ खर्ब ८० अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो।केन्द्रीय बैंकका अनुसार चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा रहेको छ। तर, शोधनान्तरस्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको केन्द्रीय बैंकको तथ्यांक छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तरस्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको थियो। गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई २०७९ मंसिर मसान्तमा १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ। यो डलर सञ्चिति १०.० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।यता डलर सञ्चिति बढ्दा राजस्वमा प्रतिकुल असर परेको छ। मंसिर महिना आयात प्रतिबन्धको अन्तिम महिना थियो। आयातमुखी नेपालको राजस्व ५ महिनामा गत आवको सोही अवधिको तुलनामा २० प्रतिशतले खुम्चिएको हो। यस अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) ३ खर्ब २६ अर्ब ८९ करोड भएको छ। जसमध्ये कर राजस्व ३ खर्ब १ अर्ब ४६ करोड र गैरकर राजस्व २५ अर्ब ४३ करोड परिचालन भएको हो। गत आवको मंसिर मसान्तसम्म ३ खर्ब ८० अर्ब रुपैयाँ कर राजस्व र ३२ अर्ब रुपैयाँ गैरकर राजस्व गरी कुल ४ खर्ब १२ करोड रुपैयाँ राजस्व संकलन भएकोे थियो।२०७९ को असारदेखि मंसिरसम्म (५ महिनामा) सरकारको आम्दानीभन्दा १ खर्ब ८ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको छ। यसरी खर्चभन्दा आम्दानी कम हुँदा केन्द्रिय बैंकमा रहेको सरकारको विभिन्न खाता (ढुकुटी)मा रहेको रकम पाँच महिनामै ४५ अर्ब २६ करोड रुपैयाँले घटेर १ खर्ब ८२ अर्ब ४३ करोड रुपैयाँमा सिमित भएको छ। यो रकम प्रदेश र स्थानीय सरकारको खातामा रहेको रकमसमेत हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ