थारू आयोगबाट थारू रत्न र थारू गौरव पुरस्कारको घोषणा

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा पुस २९ गते:महेश चौधरीदेखि भुलाई चौधरी, बमबहादुर थारू, कृष्णराज सर्वहारीसम्म ११ जना सम्मानित हुने

थारू समुदायका लागि विशिष्ट योगदान गर्ने विभिन्न व्यक्तित्वलाई थारू आयोगबाट थारू रत्न र थारू गौरव पुरस्कारको घोषणा गरिएको छ । 

पहिलो पटक दिन थालिएको यी दुबै पुरस्कार पाउनेहरुको नाम एक कार्यक्रमको आयोजना गरी शुक्रबार सार्वजनिक गरिएको छ ।

यस क्रममा चार जना थारू रत्न पुरस्कारबाट सम्मानित हुने भएका छन् । भाषा साहित्यतर्फ थारू संस्कृतिविद् महेश चौधरी तथा स्वास्थ्य विधातर्फ भेरी अस्पतालका डा राजन पाण्डे रहेका छन् । चौधरी थारु भाषाको पहिलो पत्रिका गोचाली (२०२८) का संस्थापक प्रधान सम्पादक हुन् भने डा पाण्डेले खास गरी थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको पहिचान गरेका थिए ।

त्यस्तै, सामाजिक अभियन्ता एवं अनुसन्धानकर्ता भुलाई चौधरी र महिला सशक्तीकरणअन्तर्गत सुनसरी, दुहवीस्थित फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्थालाई थारू रत्न पुरस्कार दिने भएको छ । भुलाई चौधरीको विभिन्न पुस्तक प्रकाशित छन् । फरवार्ड माइक्रो फाइनान्स एमाले सांसद भगवती चौधरीको हो ।

सर्वहारी लगायतलाई थारू गौरव पुरस्कार

त्यस्तै, थारू गौरव पुरस्कारअन्तर्गत ७ जना सम्मानित हुने भएका छन् । जसअन्तर्गत पत्रकारिता विधामा डा कृष्णराज सर्वहारी रहेका छन् । खास गरी थारु समुदायकेन्द्रित लेख तथा पुस्तक लेखनमा संग्लग्न उनी अढाइ दशकदेखि पत्रकारितामा छन् ।

त्यस्ते, खेल विधामा एथ्लेटिक्सकी जयरानी चौधरी, साहित्य विधामा बमबहादुर थारू, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, रुपन्देही, सामाजिक अभियन्ता पूर्वकमलरी उर्मिला चौधरी, गायकद्वय गीता चौधरी र राज कुश्मी रहेका छन् ।

छनौट भएकाहरूलाई विशेष समारोहमा पुरस्कार, सम्मान प्रदान गरिने आयोगका सदस्य भोला चौधरीले जानकारी दिए । थारू आयोगले आफ्नो चौथो वार्षिकोत्सवमा यी पुरस्कार प्रदान गर्ने तयारी गरेकोमा प्राविधिक कारणवश बल्ल घोषणा गर्न सकिएको आयोगका सदस्य चौधरीले बताए ।

सोही कार्यक्रममा प्रतिनिधि सभाका नवनिर्वाचित थारु सांसदहरुलाई बधाई कार्यक्रमको आयोजना गरिएको थियो

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ