नेपाल प्रहरी श्रीमती संघद्धारा दुई सय तेइस कम्बल

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा पुस २९ गते:दुई सय तेइस जानलाई कम्बल बितरण भएको छ ।

नेपाल प्रहरी श्रीमती संघले बाराको महागढीमाई नगरपालिका ७ तेलकुवामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुका साथै विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।

संघले चिसो र शितलहरबाट प्रभावित दुई सय २३ विपन्न परिवारलाई कम्बल वितरण गरेको हो । संघकी अध्यक्ष कुसुमलता सिंहले विपन्न परिवारलाई कम्बल वितरण गरेकी हुन् ।

महानगढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवको अध्यक्षतामा सम्पन्न कम्बल वितरण कार्यक्रममा मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मकसाउद आलम खाँ, प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, नगरपालिकाकी उपप्रमुख तारादेवी कानु, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, प्रहरी नायब उपरीक्षक राजेश थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्री, वीरगन्ज हेल्थ केयरका प्रमुख डा. अबुल हासिम, वडा नं. ७ का अध्यक्ष शिवेन्द्र सिंह, नेपाल शिक्षक संघ बाराका अध्यक्ष परमहंस यादवलगायतको उपस्थिती रहेको थियो ।

कम्बल वितरणसंगै संघले स्वास्थ्य शिविरको आयोजना गरेको थियो । वीरगन्ज हेल्थ केयर र मधेस प्रदेश प्रहरी अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा सात सय ३२ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा एक लाख ५० हजार मूल्य बराबरको औषधी वितरण गरिएको बाराका प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ