जितपुर बिद्यालयकाे व्यवस्थापन समिति गठन,अध्यक्षमा गुप्ता

spot_img
spot_img

 स्पर्श खबर जितपुर बारा पुस २७ गते:   जितपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको बुधवार व्यवस्थापन समिति गठन गरिएको छ ।शिक्षा ऐन २०७४ को अनुसार नगरपालिका र वडाको निर्णय बाट श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिधयालयको व्यवस्थापन समितिको अध्यक्षमा वडा न ७ को वडा अध्यक्ष सुनिल कुमार गुप्ता सर्वसम्मतले चयन भएको छ ।श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालय जीतपुरको प्रांगणमा बुधवार आयोजना गरिएको अभिभावक भेला बाट सुनिल कुमार गुप्ताको अध्यक्षतामा ४ सदस्यीय समिति अभिभावकहरुको सर्वसम्मतिले चुनिएको छ । श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको व्यवस्थापन समितिको रिंकु देवी कानु महिला सदस्य ,रमेश कुमार सहनी,अफरोज आलम र बिद्यालय शिक्षक अभिभावक संघको अध्यक्ष अफताब मिया ठकुराई सर्वसम्मतले सदस्यमा चुनिएको छ ।अभिभावक भेला कार्यक्रमको प्रमुख अतिथि रहेको प्रदेश सभा सदस्य देवनारायण चौधरीले आफु शिक्षा क्षेत्रमा प्रवेश गरेको बिद्यालयको कार्यक्रममा सहभागी हुदा निकै नै गर्व महासुसु गरेको र आउदो दिनमा प्रदेश सभा सदस्यको हैसियतले श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले सुनिल कुमार गुप्ताको अध्यक्षतामा गठन भएको ४ सदस्यीय बिद्यालय व्यवस्थापन समितिको सम्पूर्ण सदस्यलाई बधाई को साथ् साथै कार्यकालको सफलता को कामना गर्नु भयो ।यस्तै कार्यक्रमको विशिष्ट अतिथि रहेको जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भोला प्रसाद अधिकारीले श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालय पुराना बिद्यालय रहेको र धेरैले यो बिद्यालय बाट शिक्षा लिएर देशको उच्च ओहदामा समेत पुगेको बताउनु भयो । उहाँले आफु नगर उपप्रमुखको हैसियतले बिद्यालयको पूर्वाधार देखि लिएर खाने पानि पठनपाठनमा आवशयक पर्ने समान उपलब्ध गराउने बताउनु भयो ।

श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको पूर्व अध्यक्ष रामबाबु प्रसाद कलवारले आफु सुनिल गुप्ताको अध्यक्षतामा गठन भएको समितिलाई सहयोग गर्ने र बिगतको कार्यकालमा उहाँले बिद्यालयको लागि गरेको कार्यहरुको बारेमा सबै समक्ष जानकारी गराउनु भएको थियो । नवगठित बिद्यालय व्यवस्थापन समितिको सबै सदस्यलाई उहाँले हार्दिक बधाई एवं सफल कार्यकालको शुभकाम व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमलाइ समापन गर्दै वडा न ७ को अध्यक्ष एव श्री फकिरा गिरि राजेश्वर गिरिको अध्यक्ष सुनिल कुमार गुप्ताले अब आफुले आफ्नो कार्यकाल भित्र नै बिद्यार्थी संग कुनै शुल्क समेत न लिने गरेको र यस बिद्यालय बाट छिटै बैचलर लेभलको पढाई हुने गरि व्यवस्था गर्ने बताउनु भयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य देवनारायण चौधरी, नगरउपप्रमुख भोला प्रसाद अधिकारि, जीतपुरसिमरा उपमहानगर खेलकुद तथा शिक्षा शाखा प्रमुख शिवजी प्रसाद लगाएत पुरानी व्यवस्थापन समितिको अध्यक्ष र सदस्यलाई सम्मान समेत गरेको छ । उक्त अभिभावक भेला कार्यक्रममा बिद्यालयको शिक्षक, शिक्षिका, जनप्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ