मधेस प्रदेशमा जसपाले आज संसदीय दलको नेता छान्दै ।

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा पुस २५ गते:

जनता समाजवादी पार्टी जसपाको मधेसप्रदेश संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ। आज बिहान ९ देखि ११ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। साँझ ५ देखि ६ बजेसम्म मतदान हुने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लालकिशोर साहले बताए। जसपा मधेश प्रदेशसभाको संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र नेता रामअशिष यादव प्रमुख दाबेदार छन्। राउतको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत दलका नेता चयन गर्न लागिएको हो। मधेश प्रदेशसभामा जनता समाजवादी पार्टीका १६ जना प्रदेशसभा सदस्य छन्।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ