स्पर्श खबर जितपुर बारा पुस २२ गते:बलिउड सेलिब्रिटी मलाइका अरोराले काठमाडौंमा हुने फेसन रनवेलाई तताउने भएकी छन् । नेपाली फ्यानले उनको फेसन स्टाइल र अन्दाजलाई नजिकबाटै देख्न पाउनेछन् ।उसै पनि मलाइका बलिउडकी फेसन कन्सस सेलिब्रिटी हुन्, जसको स्टाइललाई पछ्याउने किशोरी नेपालमा प्रशस्तै छन् ।तपाईंले सही पढ्नुभयो, पुस २८ गते काठमाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले आयोजना गर्ने फेसन रनवेमा मलाइकाले फेसनको जादू छर्नेछिन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३ को शो स्टपरको रुपमा मलाइका काठमाडौं आउन लागेकी हुन् ।उक्त शोमा गहना डिजाइनर, निर्माता, डिलर र खुद्रा बिक्रेता सहभागी हुने जनाइएको छ । मलाइका अरोरा बलिउड अभिनेता अर्जुन कपुरसँगको प्रेम सम्बन्धले यतिबेला चर्चामा छन् । सलमान खान स्टारर बलिउड फिल्म दबङको गीत ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए’का कारण नेपालमा समेत मलाइका एकाएक चर्चामा आएकी थिइन् ।
नेपाल आउँदै बलिउड अभिनेत्री मलाइका अरोरा

