स्पर्श खबर जितपुर बारा पुस १८ गते-
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबीच पार्टी एकता गर्ने तयारी अघि बढेको छ ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग जसपासँग एकता गर्न आफूहरू छलफलमा रहेको बताएका हुन् ।
उनका अनुसार एकता लागि छलफल चलिरहेको छ र छलफलले निर्णय गर्नेछ । अहिले एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक चलिरहेको छ।
निर्वाचनबाट प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० र जसपाका १२ जना सांसद निर्वाचित भएका छन्।