जसपाबाट मन्त्रीबारेको निर्णय राजनीतिक समितिले गर्ने

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा पुस १६ गते- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ ।

शनिबार बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी सो समितिलाई दिएको हो ।

यही पुस १८ र १९ गते सो पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ । सोही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरु तय गरिने निर्णय केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

बैठकमा निर्वाचनको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको तीन सदस्यीय समितिसमेत बनाएको छ । तर, त्यसलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने पनि प्रवक्ता सुमनले बताए ।

“सातदलीय संयन्त्रमा हामी सहभागी छौं । हाम्रै समर्थनले प्रधानमन्त्री चयन भइसक्नुभएको छ । यो सरकारलाई हाम्रो समर्थन छ । सरकारको न्यूनतम साझा कार्यक्रमको बारेमा पनि, त्यो सरकारमा सामेल हुने साथीहरुको बारेमा पनि त्यसको लागि अहिले समय छ,” उनले भने, “सरकारको विस्तार २९ गते पछि नै हुने जस्तो हामीलाई सुन्नमा आएको छ । तसर्थ, पर्सीबाट सुरु हुने राजनीतिक समितिको बैठकमा यो बारेमा थप निर्णय गर्ला ।”

बैठकमा निर्वाचनको समीक्षा, सरकारमा सहभागी हुने मन्त्रीहरुबारे र अन्य पार्टीहरुसँग एकीकरण वा सहकार्य गरेर जाने विषयमा पनि राजनीतिक समितिको बैठकमा छलफल गर्ने एजेण्डा तय गरिएको पनि जसपाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ