एकीकृत समाजवादीले सरकारमा जाने, नजाने निर्णय आइतबारसम्म गर्ने

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा पुस १६ गते-

नेकपा एकीकृत समाजवादीले आइतबारसम्ममा सरकारमा सहभागिताको विषयमा निर्णय गर्न भएको छ । सो पार्टीको शनिबारबाट सुरु भएको स्थायी कमिटीको बैठकले सरकारमा सहभागिता विषयमा निर्णय गर्ने भएको छ ।अहिलेसम्म सरकारको बारेमा हाम्रो नीति भनेको पर्ख र हेर नभन्नेमा छ, समसामयिक राजनीतिक विषयमा अध्यक्ष र सम्मानित नेताले बोल्नु भयो । अन्य सदस्यहरुले बल्ल बोल्न सुरु गर्नु भएको छ,’ स्थायी कमिटीका सदस्य भविश्वर पराजुलीले भने, ‘आजै बेलुका वा भोलिसम्म बिहान यस विषयमा औपचारिक निर्णय गर्नेछौं ।’कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्केपछि नेकपा एमाले र नकपा माओवादी केन्द्रसहितका दलहरुको नयाँ गठबन्धन निर्माण भएको छ । गठबन्धन निर्माण गर्ने निर्णयमा आफूलाई संलग्न नगराएको भन्दै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट रहँदै आएका थिए ।स्थायी कमिटीका सदस्य पराजुलीले बैठकमा एमालेसँग एकता हुने विषयमा छलफल नभएको बताए । ‘अहिले अवस्थामा कुनै राजनीतिक दलसँग एकता हुँदैन,’ पराजुलीले भने ।बैठक सुरुवात गर्दे अध्यक्ष माधवकुमार नेपाल समयमा निर्णय गर्न नसक्दा गठबन्धन भत्किएको बताएका छन् । यसअघि पनि नेपालले कांग्रेस र सभापति शेरबहादुर देउवाले समयमा निर्णय गर्न नसक्दा गठबन्धन भत्किएको बताएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ