नितनपुरमा एक जना बेवारिसे बालक फेला
स्पर्श खबर जितपुर बारा १५ गते –
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१० नितनपुरमा एक जना बेवारिसे बालक फेला परेको छ ।दिपक महत्तो नाम बताउँने १० बर्षिय ती बालक बिगत तीन बर्ष देखि चन्द्रिका महत्तोको घरमा बस्दै आएका थिए । बालकको अभिभावक खोज्दा पनि पत्ता लाग्न नसकेपछि वडा नं.१० का वडा अध्यक्ष संजय पटेलले बालकको संरक्षण र उचित शिक्षाकोलागि आवर संसार नेपाल बिरगंज, पर्सालाई जिम्मा लगाउँनुभएको छ । मानसिक अवस्था ठिक जस्तो नदेखिने बालक बेला बेलामा चन्द्रिका महत्तोको घरबाट पनि भाग्दै आएका थिए । आफनो नाम बाहेक केही बताउँन नसक्ने बालक दिपकलाई सन्तान नभएका चन्द्रिका महत्तोले पाल्दै आउँनुभएको थियो । वडा अध्यक्ष पटेलले आवर संसार नेपाल बिरगंजका प्रतिनिधि मुकेश साहलाई जिम्मा लगाउँनुभएको छ ।
नितनपुरमा एक जना बेवारिसे बालक फेला

