भन्सार नतिरी ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा पुस १५ गते-काठमाडौं । भन्सार नतिरी ल्याइएका मोबाइल सेट आज शुक्रबारदेखि नचल्ने भएका छन् ।नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा एमडीएमएस नीति लागू गरेकाले भन्सारमा दर्ता नभई आएका सेटहरु नचल्ने भएका हुन ।गत भदौ अघि नेपाल भित्रिएका मोबाइल सेटहरु भने चल्नेछन् । भदौपछि भन्सार नतिरी भित्रिएका सेटहरु भने एमडीएमएस दर्ता गरेपछि मात्रै चल्ने पनि प्राधिकरणले जनाएको छ ।प्राधिकरणले यस अघि नै सार्वजनिक सूचना जारी गर्दै पुस १५ गतेपछि कुनै पनि मोबाइल फोन एमडीएमएसमा दर्ता नगरिने बताएको थियो ।शुक्रबारदेखि विदेशबाट आउनेहरुले पनि आफूले प्रयोग गरेको बाहेक अन्य मोबाइल सेट ल्याए भन्सार तिर्नुपर्ने छ । कसैगरी भन्सार छलेर मोबाइल भित्र्याएमा सेटमा सिम राखेको दुई सातापछि फोन नचल्ने पनि प्राधिकरणले जनाएको छ ।नेपालमा हाल प्रयोगमा रहेका मोबाइल सेट मध्ये करीब ४० प्रतिशत भन्सार नतिरी भित्रिएको अनुमान गरिएको छ । यो प्रणाली लागू भएपछि प्रयोग भईरहेका मोबाइलको रेकर्ड राख्न तथा चोरी नियन्त्रण गर्न पनि सजिलो हुने दाबी प्राधिकरणको छ । आयातकर्ताले नै आईएमईआई नम्बर दर्ता गरेपछि मात्रै फोन चालु हुनेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ