स्पर्श खबर जितपुर बारा पुस १० गते-कलैया उपमहागरपालिका वडा नं. २२ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड भोडहाको १६औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । भोडहास्थित स्वास्थ्य चौकी परिशरमा कलैया उपमहानगरपालिका मेयर विनोद साहले साधारण सभाको उद्धाटन गर्नुभएको हो ।साधारण सभामा कृपा दैनिकका मनहर्वा सम्बाददाता एंव बारा जिल्लाका पत्रकार पुष्पराज खतिवडालाई सम्मान गरिएको छ । पत्रकारिताका माध्यमबाट समाज र सहकारी अभियानमा सहयोग पुर्याको भन्दै सहकारी संस्थाका अध्यक्ष विन्दा सिंहले दोसल्ला ओढाएर सभामा सम्मान गर्नुभएको हो ।सहकारी पत्रकार समाज बाराका अध्यक्ष समेत रहनु भएका खतिवडा जुरेली न्युज बाराका प्रबन्ध संचालक, द हिमालय टाईम्स र रेडियो संस्कार तथा संस्कार पत्रिकामा समेत आवद्ध हुनुहुन्छ । विगत १५ वर्षदेखि पत्रकारिता र सहकारी अभियानमा सक्रिय उहाँलाई शनिबार भोडाहामा सम्मान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका मेयर साहले सहकारीले सदस्यहरुको जीवन परिवर्तनका लागि काम गर्नुपर्ने बताउनुभयो । ‘सदस्यहरुको चाहना, आवश्यकतालाई सहकारीले महत्व दिने हुँदा सरल सेवा, सस्तो कर्जा र उत्पादनमुखी व्यवसायमा जोड दिनुपर्ने हुन्छ ।’ उहाँले भन्नुभयो ।सहकारी र स्थानीय सरकार मिलेर साना किसानको हितमा काम गर्ने योजनामा आफु रहेको भन्दै मेयर साहले कृषिमैत्री बजेट ल्याउने तयारीमा रहेको पनि बताउनुभयो ।यस्तै साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले किसान र कृषि क्षेत्रको विकासमा सहकारीहरुले काम गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकारहरु किसानमैत्री बन्न नसकेको उहाँको गुनासो थियो । सहकारीले मात्रै जनताको आवश्यकता पुरा गर्न नसक्ने हुँदा राज्यले साथ दिए राज्यको बलियो सारथी बन्न सक्ने बताउनुभयो ।साना किसान कृषि सहकारी संस्था भोडहाले गतआर्थिक बर्षमा साँडे १२ करोडको लगानीबाट आर्जित ४० लाख रुपैंया मुनाफाबाट सदस्यहरुलाई १५ प्रतिशत लाभाशं वितरण गर्ने सभाबाट निर्णय गरेको छ । सभाको अवसरमा संस्थाले उत्कष्ठ कृषक, बचत कर्जा, ऋणी र पत्रकारलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।कार्यक्रमा नगर प्रमुख साहसहित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड ईलाका कार्यालय हेटौंडाकी प्रबन्धक कृष्णकुमारी शर्मा, साना किसान मधेश प्रदेश सहकारी संघका सचिव पुनदेव प्रसाद रौनियार, कलैया उपमहानगरपालिका वडा नं.२२ का अध्यक्ष शिवविहारी चौधरी, २१ का अध्यक्ष शिवचन्द्र कामी, वडा नं.२७ का अध्यक्ष अशोककुमार तिवारी लगायतको सहभागिता रहेको थियो ।कार्यक्रम नगिनाप्रसाद यादवको संचालन तथा अध्यक्ष विन्दा सिंहको संचालनमा सम्पन्न भएको हो ।
साना किसान सहकारी भोडाहाको साधारणसभा, कृपाकर्मी खतिवडा सम्मानित

