निकुञ्जमा शिकार खेल्न गएका ५ जना हतियारसहित पक्राउ

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा पुस ५ गते-

पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जना हतियारसहित पक्राउ परेका छन् ।

सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भई हाल सखुवाप्रसौनी १ मै बस्ने.दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी र काभ्रेको नासिक गाविस ६ का मालदोङ्ग तामाङ पक्राउ परेका हुन् ।उनीहरुलाई मृत पोथी जरायो र भाले जरायोको टाउको, शिकार गर्न प्रयोग भएका बा ५ त ७८०५ र प्रदेश २ ०२–०३–००१ च ३०९७ नम्बरका गाडी, १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, नगद दुई लाख ९० हजार ६३० रुपैयाँ रामदसहित वन संरक्षण टोलीले पक्राउ गरेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सुर्य खड्काले जानकारी दिए ।शिकार खेल्न प्रयोग गरिएको हतियार, गाडी, मोबाइल, टाउकोमा गोली लागेको अवस्थामा मृत पोथी जरायो, अनि टाउको र सिङ मात्रै बाँकी रहेको भाले जरायो साथमा भेटिएको छ,’ उनले भने, ‘उनीहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’उनीहरु निकुञ्ज अन्तर्गत पर्ने पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनियास्थित जंगलमा वन्यजन्तुको शिकार गर्न पुगेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ