स्पर्श खबर जितपुर बारा पुस ५ गते-द सहारा लोन सेभिङ्ग को –
वर्तमान अवस्थामा अहिले अधिकांश सहकारी संस्थाले शेयर सदस्यहरूलाई ललाई फकाई भागी रहेको समयमा द सहारा लोन सेभिङ्ग को – अपरेटिभ सोसाइटी लिमिटेडका सेवा केन्द्र कलैयाले करोडौंको मुनाफा गर्नु भनेको समाजमा जवाफदेही तथा उतरदायी रहदै कार्य गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि रहनुभएकी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहले जानकारी दिनुभयो ।
कार्यक्रमको अध्यक्षता द सहारा लोन सेभिङ्ग को – अपरेटिभ सोसाइटी लिमिटेडका संचालन समितिका सदस्य राकेश पाण्डेयको रहेको कार्यक्रममा सेवा केन्द्र कलैयामा कुल तिन हजार शेयर सदस्य रहेका छन् । कलैया सेवा केन्द्रले २९ करोडको हाराहारीमा ऋण लगानी गरेको बारे कार्यक्रममा संचालन समितिका सदस्य पाण्डेयले प्रकाश पार्नुभएको थियो । त्यसैगरी करिब १९ करोडको हाराहारीमा जम्मा निक्षेप गर्न सफल भएका बारे संचालन समितिका सदस्य पाण्डेयले बताउनुभयो ।
सम्पन्न २६ औ वार्षिक साधारणसभा सम्बन्धि छलफल कार्यक्रममा नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दास , बारा उद्योग वाणिज्य संघ का अध्यक्ष राजकुमार साह , ब्रहम कुमारी राज योग कलैयाका प्रमुख मिना दिदि , सुशमा बहन , नेपाल पत्रकार महासंघ बाराका सह सचिव दुष्यन्त चौधरी , पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष लक्ष्मी साह , पत्रकार सिकेन्द्र पासवान , मुकेश यादव , अजय साह , अग्रज पत्रकार सत्य प्रकाश श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
द सहारा लोन सेभिङ्ग को – अपरेटिभ सोसाइटी लिमिटेडका हाल सम्म २९ वटा सेवा केन्द्र रहेका छन् । भने संस्थाले चालु आर्थिक वर्षमा २७ करोड ७७ लाख ६४ हजार मुनाफा आर्जन गर्न सकेको बारे द सहारा लोन सेभिङ्ग को – अपरेटिभ सोसाइटी लिमिटेडका संचालन समितिका सदस्य पाणडेयले सुनाउनुभयो ।
कार्यक्रमको संचालन द सहारा लोन सेभिङ्ग को – अपरेटिभ सोसाइटी लिमिटेडका शेयर सदस्य तथा पत्रकार महासंघ बाराका पूर्व सचिव जयनारायण यादवले गर्नुभएको थियो । भने स्वागत मन्तव्य पुनम गुप्ताले गर्नुभएको थिईन् ।
द सहाराको २६ औ साधारणसभा सम्बन्धि छलफल कार्यक्रममा कलैया सेवा केन्द्रले करिब अढाई करोड मुनाफा

