स्पर्श खबर जितपुर बारा मंसिर २९ गते-
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरका सय जना विपन्नलाई कम्बल वितरण गरीएको छ । वडा नम्बर ७ मा संचालनमा रहेको शिव शक्ति ग्रुपले सो कम्ब वितरण गरेको हो ।
उद्योगले आफ्नो समाजीक उतरदायीत्व बहन गर्दै यस वडाका स्थानियहरुलाई कम्बल वितरण गरेको उद्योगका संचालक सतिश अग्रवालले जानकारी दिनुभयो । वडा नम्बर ७ को विशेष पहलमा संचालन गरीएको यस कम्बल वितरण कार्यक्रमले यहाँका स्थानिय खुसी भएका छन् ।
कम्बल वितरण कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष सिता उप्रेती, वडा सदस्य नविन मैनाली, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता, जीतपुरका युवा समाजसेवि अनिलराज गुप्ता, विन्देश्वरी गुप्ता लगाएको उपस्थिती रहेको थियो ।