स्पर्श खबर जितपुर बारा मंसिर २८ गते-
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ मा आज नवनिर्मित वडा कार्यालर र स्वास्थ्य चौकिको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ।
बारा निर्वाचन क्षेत्र न ३ को प्रतिनिधीसभा सदस्य एवं पूर्व मन्त्री ज्वाला कुमारी साहले रिबन काटेर नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकिको बुधवार वडा न ३ बजनिमा समुदघाटन गर्नु भएको छ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएको पूर्व मन्त्री साहले जीतपुरसिमरा उपमहानगरपालिकाले अब आफ्नै नवनिर्मित वडा कार्यालय बाट सेवा दिदा धेरै सहज र छिटो सेवाग्राहीहरुको काम हुने बताउनु भयो ।यस्तै उहाँले समुदघाटन भएको स्वास्थ्य चौकिमा केही दिनमै विशेषज्ञ चिकित्सकहरु द्वारा हप्तामा सेवा दिने र निशुल्क रुपमा एक्सरे औषधि उपलब्ध गराउने बताउनु भयो।पूर्व मन्त्री ज्वाला कुमारी साहले आउदो दिनमा आफुले जीतपुर सिमरा उपमहानगरपालिकाको वडा न ३ बजनीमा उद्घाटन भएको स्वास्थ्य चौकिमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो।
रिबन काटेर समुदघाटन भए पछि अब वडा कार्यालयले आफ्नै नवनिर्मित भवन बाट सेवा दिने भएको छ भने स्वास्थ्य चौकिको उद्घाटनले गर्दा अब बजनिका जनताले जीतपुर र सिमरा जानू पर्ने बाध्यताको अन्त्य समेत भएको वडा अध्यक्ष तारा बाहादुर कार्कीले बताउनु भयो।अध्यक्ष कार्किले ८ लाखको बजेट बिनियोजन गरेर स्वास्थ्य कार्यालय बाट सकभर सबै किसिमको सेवा प्रवाह हुने खाल्को बनाउने तर्फ सबैलाई मदत गर्न आग्रह समेत गर्नु भएको थियो।
पूर्व मेयर डा.कृष्ण पौडेलले आफ्नो पालोमा २८ लाखको बजेट बिनियोजन गरेको र त्यही बजेट बाट वडा कार्यालय निर्माण भएको समेत स्पष्ट पार्नु भएको थियो।यस्तै समुदघाटन कार्यक्रमको बिशिस्ट अतिथी रहेको बारा क्षेत्र न ४ क को प्रदेश सभा सदस्य देवनारायण चौधरीले आफुहरुको मुख्य प्राथमिकतामा रहेको स्वास्थ्य क्षेत्रको बिकाशमा जीतपुरसिमरा उपमहानगरपालिका अगाडि बढिरहेको देखेर आफू धेरै खुसी भएको र आउदो दिनमा आफुले स्वास्थ्य क्षेत्रलाई झन बलियो बनाउने समेत बताउनु भयो।
वडा कार्यालय र स्वास्थ्य चौकी निर्माणको लागि जग्गा उपलब्ध गराएका तयनाथ सुवेदी र रेशम न्युपानेलाई जग्गा दान गरेको बापत वडा न ३ ले सम्मान समेत गरेको छ।स्वास्थ्य चौकी निर्माणले अब आफुहरु आफ्नै वडा बाट सेवा लिने भए पछि स्थानियबासिहरु हर्षित भएको छ।
उक्त समुदघाटन कार्यक्रममा पूर्व मन्त्री ज्वाला कुमारी साह, प्रदेश सभा सदस्य देवनारायण चौधरी, उपमेयर भोला अधिकारिलाई सम्मान समेत गरिएको थियो भने पूर्व मन्त्री एकवाल मियालाई वडा अध्यक्ष तारा बाहादुर कार्कीले मायाको चिनो प्रदान गर्नु भएको थियो।समुदघाटन कार्यक्रममा स्थानियबासी पत्रकार र जनप्रतिनिधिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो