स्पर्श खबर जितपुर बारा मंसिर २७ गते-
लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।
पार्टीका शीर्ष नेताहरुबीचको बैठकले सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णयगरेको हो ।
चुनावमा सत्ता गठबन्धनसँग तालमेल गरेको कारण अब सरकारमा पनि समर्थन गर्ने बैठकले निर्णय गरेको हो । पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्ने बताए ।
उनले भने, ‘हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई समर्थन मात्र होइन, त्यसमा सहभागी नै हुने हो । अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्छौं ।’
प्रतिनिधि सभामा ४ वटा सिट जितेको लोसपाले कार्यकारिणी समितिको बैठक केही दिनमा बसेर यसबो थप निर्णय गर्ने भएको हो ।