जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको १३ औं साधारण सभा एवं चौथो अधिवेशन सम्पन्न

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा मंसिर २४ गते-

जनहित उपभोक्ता समिति अन्तर्गत रहेको जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह बाराको १३ औं साधारण सभा तथा चौथो अधिवेशन शनिवार रामबनमा सम्पन्न भएको छ।

 

इशवरी प्रताप लामाको अध्यक्षतामा १३ सदस्य समिती गठन गरिएको छ।समितिको उपाध्यक्षमा सर्मिला लामा, कोषाध्यक्षमा कमरुल हुदा अन्सारी, सचिवमा मिर हुसेन रह्नु भएको छ।यसैगरी सदस्यहरुमा अनिता काफ्ले,पार्वती देबि उपाध्याय,किशोर चौधरी रहेको जनजागरण मध्यवर्ती समुदायिक बन उपभोक्ता समितीले जनाएको छ।

 

उक्त कार्यक्रमको प्रमुख अतिथीमा अमृतलाल श्रेष्ठ रहनु भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले सबैलाई हाथेमालो गरेर अगाडि बढ्नु पर्ने आवश्यक रहेको र इश्वरी प्रताप लामाको अध्यक्षतामा गठन भएको समितिलाई बधाईको साथ साथै सफल कार्यकालको शुभकामना समेत ब्यक्त गर्नु भएको थियो।

 

कार्यक्रममा स्थानिय समाजसेवी, पत्रकार लगाएत संस्थाको अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ