कालोसूचीमा पर्ने ऋणीको संख्या ह्वातै बढ्यो

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा मंसिर २४ गते-एक वर्षको अवधिमा कालो सूचीमा पर्ने ऋणीहरूको संख्या ह्वातै बढेको छ । चालु आवमा मात्रै कालो सूचीमा पर्ने ऋणीहरूको संख्या ९ हजारभन्दा बढी पुगेको छ । कर्जा सूचना केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ४ हजार ६९८ जना ऋणी कालोसूचीमा परेका थिए। गत आर्थिक वर्षबाट भने यो सङ्ख्या ह्वातै बढेको छ। आर्थिक वर्ष २०७८÷७९ मा मात्रै १३ हजार ५३५ जना ऋणी कालोसूचीमा परेका छन्। एक वर्षमा कालोसूचीमा पर्ने ऋणीको सङ्ख्या झन्डै दोब्बर भएको छ। यस्तै चालु आर्थिक वर्षको मंसिर २० गतेसम्ममा नै ९ हजार २ जना ऋणी कालोसूचीमा परिसकेका छन्। यस वर्ष पनि कालोसूचीमा पर्ने ऋणीको सङ्ख्या झनै बढ्ने देखिन्छ।

बैंक तथा वित्तीय संस्थाले ऋणीलाई उपलब्ध गराएको रकम निर्धारित समयमा चुक्ता गर्नुपर्ने हुन्छ। ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिन पछिसम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राखिन्छ। पछिल्लो समय यसरी ऋण नतिर्ने ऋणीहरूको सङ्ख्या बढेको छ। बैंकले भाका नाघेको ऋणको सम्पूर्ण विवरण कर्जा सूचना केन्द्रमा पठाउनु पर्ने हुन्छ।

कोरोनाको समयमा नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित ऋणीको कर्जा तिर्ने म्याद थप गरिदिएको कारण खराब कर्जा खासै बढेको थिएन। तर केन्द्रीय बैंकले थपिदिएको समय सकिएसँगै खराब कर्जा ह्वातै बढ्न थालेको हो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ