स्पर्श खबर जितपुर बारा मंसिर २४ गते-
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । प्रदेश र प्रतिनिधि सभा चुनावपछि पहिलोपल्ट कांग्रेस बैठक बस्न लागेको हो ।
पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेपछि बस्ने बैठकमा ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समीक्षासहित नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
चुनावमा पाँच दलीय गठबन्धन गरेर चुनावमा होमिएको कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिटमा जित हात पारेको छ । समानुपातिकतर्फ ३२ सिट पाएको छ ।कार्यसम्पादन समिति बैठकमा गठबन्धन र आगामी सरकारबारे छलफल हुने नेताहरूले बताएका छन् ।