सिमरा खानेपानीले सिमरा क्यापसलाइ बीस लाख सहयोग

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा मंसिर २१ गते-

कलेज संचालन सहयोगार्थ सिमरास्थित खानेपानी उपभोक्ता तथा सरसफाई समितिले सिमरा कलेजलाई २० लाख रकम उपलब्ध गराएको छ । सिमरा कलेजको अक्षयकोषमा जम्मा हुने गरी खानेपानीले बुधवार उक्त रकम उपलब्ध गराएको हो ।

समितिका अध्यक्ष कासिम हुसेनले कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त रकम कलेजका अध्यक्ष अच्युत सिटौलाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै अध्यक्ष हुसेनले सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक विकासका निम्ति उक्त रकम उपलब्ध गराइएको बताए ।

समितिको कार्य समिति बैठकले रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार रकम उपलब्ध गराएको भन्दै हुसेनले कलेजको शैक्षिक विकासका लागि सहयोग हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।

कार्यक्रममा कलेजका अध्यक्ष सिटौलाले शिक्षा क्षेत्रका लागि समितिले गरेको सहयोग अत्यन्तै प्रशंसायोग्य रहेको बताए । सिमरा कलेजका प्रमुख शालिकराम अधिकारीले समितिबाट प्राप्त सहयोगले कलेज संचालनका लागि ठुलो सहयोग पुग्ने बताए ।

कार्यक्रममा समितिका कोषाध्यक्ष मधु पौडेल, सिमरा कलेजका व्यवस्थापन समितिका पूर्वअध्यक्ष मदनबहादुर क्षेत्री, माधव त्रिपाठी, गिता शर्मा, मधुकर अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ