चितवनमा आज एकैदिन डेँगुका १० संक्रमित थपिए

spot_img
spot_img

स्पर्श खबर जितपुर मंसिर २० गते-

चितवनमा बिगत २४ घण्टामा डेँगुका १० संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकाका तीन जना, खैरहनी नगरपालिकाका पाँच जना,राप्ती नगरपालिकाको एक जना र ठेगना नखुलेको एक जना गरी १० जनामा संक्रमण देखिएको हो ।साउन १ गतेदेखि आजसम्म चितवनमा १२ हजार ६७२ जनाको परीक्षण गर्दा तीन हजार १८८ जना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअवधिमा चितवनमा ६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६५१ जना अन्य जिल्लाका छन् भने ३२१ जनाको ठेगना नखुलेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ