प्रहरीलाई चुनौती दिदै ट्राफिक प्रहरीको कम्पाउण्डबाट कलैया उपमहानगरको ५ वटा गाडिको ७ ब्याट्री चोरी

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा मंसिर १९ गते-

कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको सिंचाइ कार्यालय परिसरमा रहेका ५ वटा गाडीका ७ वटा ब्याट्री चोरी भएको छ । कलैया उपमहानगरको ग्रेडरकोण १५० एम्पियरका २ वटा ब्याट्री र ५ वटा ट्याक्टरका १०० एम्पिपयरका ५ वटा ब्याट्री चोरी भएको नगर प्रमुख बिनोद साहले जानकारी दिए ।

७ जना ट्राफिक प्रहरी र ४ जना कलैया उपमहानगरपालिकाका स्टाफ बस्ने गरेको स्थानबाटै चोरी हुनु लज्जास्पद भएको प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताए । साहले लगभग ३ लाखको हाराहारीमा पर्ने ब्याट्री चोरी भएको बताए ।अस्थायी ट्राफिक पोस्ट कलैयाको प्रांगणबाट सो मात्रामा चोरी हुनुलाई अत्यन्तै गम्भीरताका साथ लिनुपर्ने मेयर साहले जनाएका छन् । चोरी भए पनि आजैबाट नयाँ ब्याट्री जडान गरेर भएपनि सरसफाइ महाअभियानलाई जारी राख्ने मेयर साहले बताए ।बारामा पछिल्लो समयमा चोरीको घटनामा वृद्धि हुँदा नागरिक समाज चिन्तित भएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताए ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले चोरी भएको विषयमा अनुसन्धान शुरु गरेको र यथाशीघ्र चोरलाई पक्राउ गर्ने बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ